काँग्रेसको १४ औं महाधिवेशन मिति घोषणा

ललितपुर । नेपाली काँग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका पारित गरेको छ । जसअनुसार पार्टीको १४ औं महाधिवेशन आगामी २०७७ फागुन ७ गतेदेखि हुनेछ ।
रामचन्द्र पौडेल पक्षीय नेताले बहिस्कार गरेको केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका तय गरेको हो । सोही माग पौडेल समूहले गर्दै आएको थियो ।

दुई पक्षीय विवादका बीच शुक्रवार साँझ पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो ।

काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि सुरु भएर १० गते सम्पन्न गर्ने गरी कार्यतालिका पारित भएको बताइन् ।
यस्तै विभागको संख्या बढाएर ४१ पुर्याउने र तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय गरेको पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?