काठमाडौं । सरकारले शहरका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोष्टर, तार लगायतका सामाग्री हटाउने भएको छ ।
बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले यो निर्णय गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा‘बादल’को प्रमुख आतिथ्यतामा सरोकारवाला निकायहरु सहितको बैठकले काठमाडौँ महानगरपालिका भित्र भोलि देखिनै चार वटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानिय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको छ ।
बैठकले अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसिमा तोकि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया