७० हजारसहित कम्प्युटर अपरेटर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई आज रु ७० हजार घुससहित नियन्त्रणमा लिएको छ ।

उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले निजलाई घुस रकमसहित सोही कार्यालयबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?