अध्यागमनमा बायोमेट्रिक प्रणाली लागू हुँदै

काठमाडौं । अध्यागमन विभागले अध्यागमन प्रणालीलाई स्तरोन्नति गरी अन्तरराष्ट्रिय मापदण्डअनुसारको बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी गरेको छ । विभागका अनुसार नेपाल भ्रमण वर्षकै सन्दर्भमा जनवरी २०२० देखि नेपाल भित्रिने तथा नेपालबाट बाहिरिने प्रत्येक विदेशी यात्रुको बायोमेट्रिक विवरणसहितको अध्यागमन सूचना प्रणाली पूर्ण कार्यान्वयनमा ल्याइनेछ ।

अध्यागमन प्रशासनको विषय राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बद्ध हुनुका साथै मुलुुकको अन्तरराष्ट्रिय छवि र सम्बन्धसँग पनि जोडिएको विषय भएकाले विभागले यस्तो प्रणाली लागू गर्ने तयारी गरेको हो । विभागको रणनीतिक योजना र गृह प्रशासन सुधार कार्ययोजना, २०७४ अनुसार विभागले उक्त काम गतवर्षदेखि नै अगाडि बढाएको थियो । आर्थिक अभियानमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?