रहेन ‘दुईतिहाइ’ को शक्ति, केपी ओली सरकारसँग सामान्य बहुमत

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ। संसद्मा दुईतिहाइ समर्थन रहेको केपी ओली नेतृत्वको सरकार समाजवादी पार्टी फिर्ता भएसँगै सामान्य बहुमतमा झरेको छ।प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना छन्। दुईतिहाइ पुग्न एक सय ८४ जना सांसद आवश्यक पर्छ। नेकपासँग एक सय ७४ सांसद छन्। समाजवादी पार्टी १९ महिनाअघि सरकारमा सहभागी भएको थियो। नागरिक दैनिकमाखबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?