सबैतिरबाट आस मारेको बिरामी नर्भिक पुर्याएपछि…

काठमाडौं। दुई–दुई वटा अस्पतालले उपचार नै लाग्दैन भनेर फर्काएको १० वर्षे बालकले चिकित्सा विज्ञान र चिकित्सकको दक्षताका कारण चामत्कारिकरूपमा पुनर्जीवन पाउँछ भनेर कसले पत्याउँछ ? तर, पत्याउनैपर्ने भयो।

अभिभावकको निराशालाई आशामा बदल्दै गत शुक्रबार काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा पुर्याइएको बालकले पुनर्जीवन पाए।

सप्तरी जिल्ला घर भई काठमाडौंमा बस्दै आएका विजयकुमार इसारका १० वर्षीय छोरा सिद्धार्थ केही दिनदेखि घाँटी दुख्ने समस्याले ग्रस्त थिए। चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक, सिटामल र कफसिरफ खाँदाखाँदै उनी थप शिथिल बन्दै गए र अन्ततः बेहोस भए।

विजयकुमारले बच्चालाई तत्काल पाटन अस्पताल पुर्याउनुभयो। अस्पतालले बच्चाको डाइबिटिजको लेबल ६ सय बिन्दुभन्दा माथि पुगेको, मापन नै गर्न नसकिने अवस्थामा रहेको बताउँदै यहाँ उपचार हुन्न अन्तै लैजानोस् भने। विजयकुमार आत्तिँदै बच्चा बोकेर बालमैत्री अस्पताल लाजिम्पाटतर्फ हान्निए।

बालमैत्री अस्पतालले पनि दिनभरि बच्चालाई परीक्षणमा राख्यो अन्त्यमा बच्चाको सुगर रगत र पिसाब हुँदै शरीरभरि फैलिसकेको छ, सास फेर्र्नै गाह्रो भइसक्यो। अब जहाँ लगे पनि भेन्टिलेटरमा राख्नुपर्छ, उपचार सम्भव छैन, तैपनि तपाईंको बच्चा कतै लाने भए लैजानोस् भनेर हात उठायो।

विजयकुमार र उनको परिवारको पैतालामुनिको जमिन भासियो। हेर्दाहेर्दै काखमै बालक छोराको अन्त्य हुने भयो भनेर उनीहरूमा रुवाबासी चल्यो। यसैबीच विजयकुमारले ३५ वर्षअघि यसरी नै आमालाई ग्यास्ट्रिक बिग्रिएर उपचार नै लाग्दैन भनेको अवस्थामा नर्भिकमा ल्याई डा. मधु घिमिरेको उपचारबाट निको भएको घटना सम्झिए।नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?