काठमाडौं । मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका-१५ डल्लुबाट २ जनालाई पक्राउ गरेको छ \
पक्राउ पर्नेहरुमा नुवाकोट ककनी गाउँपालिका-४ ककनी घर भई काठमाडौं बालाजु बस्ने ३१ वर्षीय रंजित तामाङ र २३ वर्षीय सागर तामाङ रहेका छन् ।
सोही ठाउँस्थित सडकमा बा.७४ प ७०८८ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया