विदेशमा अपराध गरेर नेपाल भागेको समूह नेपालमा सक्रिय

काठमाडौं । पर्यटक भिसामा नेपाल प्रवेश गरेर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका चिनियाँ अपराधीको ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले सोमबार राजधानीका मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट एकै दिन १ सय २० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीले चिनियाँ अधिकारीसमेतको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सोमबार थालेको कारबाहीमा समेत नेपालस्थित चिनियाँ दूतावासको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ ।

फिलिपिन्समा यस्तै प्रकृतीको अपराधमा संलग्न ६ सय १ जना चिनियाँ नागरिक केही दिनअघि पक्राउ परेका थिए । यस्तै कम्बोडिया, भियतनाम, लाओस, इण्डोनेसिया र मलेसियालगायत देशमा समेत यस्तै प्रकृतिको अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढेको थियो । त्यहाँबाट भागेको समूह नेपालमा सक्रिय रहेको सूचनापछि दूतावासको आग्रहमा कारबाही सुरु गरिएको स्रोत बताउँछ । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?