बच्चा निरोगी बनाउने ? चिसोमा यसरी गर्नुहोस् स्याहारसुसार

काठमाडौँ। जाडोको मौसममा बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या आउने भन्दै चिकित्सकले हेरचाहमा बढी ध्यान दिन अभिभावकलाई सुझाव दिएका छन् । भविष्यमा समेत बालबालिकालाई निरोगी बनाउन अहिलेदेखि नै उनीहरूको खानपिन तथा स्याहारसुसारमा उचित ध्यान दिनुपर्दछ ।
जाडोयाम बालबालिकाका लागि सबैभन्दा संवेदनशील मौसम हो । बालबालिकालाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या देखिने हुँदा विशेष हेरचाह गर्नुपर्ने सल्लाह चिकित्सकको छ । विशेषगरी पाँच महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वासजन्य रोगले सताउने बालरोग विशेषज्ञ डा. जुन डङ्गोलले जानकारी दिए ।
उनका अनुसार पाँच महिनापछि बालबालिका बाहिरी वातावरणमा रमाउन थाल्छन् तर उनीहरू बाहिरी वातावरणमा घुलमिल हुन सक्दैनन् । यसैकारण बालबालिकालाई विभिन्न समस्या देखा पर्न सक्छ । छ महिनाभन्दा कम उमेरका बालबालिकाको बढी नै हेरचाह गरिनुपर्ने, आमाको दूध मात्र खाने र बाहिरी वातावरणमा नजाने हुँदा उनीहरूमा धेरै समस्या नदेखिने डा. डङ्गोलको भनाइ छ ।गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?