काठमाडौँ। सरकारले गत साउनदेखि १ गतेदेखि नै लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि विभिन्न वाणिज्य तथा विकास बैङ्कका कर्मचारी असहमत देखिएका छन् ।
ट्रेड युनियनले करिब दुई दशकअघिदेखि माग गर्दै आएको योगदानमा आधारित सामाजिक सुरक्षाले अगाडि सारेका योजनाबाट हाल खाइपाइ आएका सुविधासमेत कटौती हुने, दोहोरो कर तिर्नुपर्ने भन्दै बैङ्कमा कार्यरत कर्मचारी यस योजनामा सहभागी हुन नमानेको नेपाल बैङ्कर्स एसोसिएसनले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले यस योजनामा सहभागी हुनका लागि वाणिज्य बैङ्कहरूलाई बारम्बार आग्रह गर्दा पनि त्यहाँका कर्मचारी मानिरहेका छैनन् । उनीहरूले आफूले उठाएका प्रश्नको चित्तबुझ्दो समाधान स्पष्ट रूपमा नआएसम्म योजनामा सहभागी नहुने भन्दै राष्ट्र बैङ्कका उच्च अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया