काठमाडौंका शंकास्पद घरहरुमा प्रहरीको छापा, ७२ जना पक्राउ

पक्राउ पर्नेमा सबै विदेशी नागरिक

काठमाडौं । प्रहरीले काठमाडौंका शंकास्पद घरहरुमा छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा केन्द्रीय अनुसन्धान ब्यूरोलगायतको टोलीले आज दिउँसो छापा मारी ७२ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा घरभित्र शंकास्पद विदेशी नागरिक भएकाले छापा मारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीनवटा घरमा छापा मारिएको हो । उनीहरुलाई बैंक ह्याकिङ्ग गर्न शंकास्पद गतिविधि गरिरहेको आशंकामा प्रहरीले छापा मारेको हो ।

काठमाडौंमा रहेका केहि बैंकहरु ह्याक गर्ने योजना बनाइरहेको पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?