तयार भयो नेपालका ४१४ हिमशृंखलाको ‘पीक प्रोफाइल’

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले हाल आरोहण गरिँदै आएका तथा पहिचाहन भएर पनि आरोहण नगरिएका ४१४ ओटा हिमशृंखला तथा चुचुरोहरू (पीक) को विस्तृत जानकारीसहितको ‘पीक प्रोफाइल तयार पारेको छ । नेपालको साहसिक पर्यटन प्याकेजका रूपमा रहेका नेपालका हिमशृंखला तथा पर्वतका विषयमा व्यवस्थित रूपमा प्रोफाइल तयार गरिएको यो पहिलोपटक हो ।

नेपाल भ्रमण वर्ष–२०२० को औपचारिक शुरुआत हुनै लाग्दा तयार भएको ‘पीक प्रोफाइल’ पर्वतारोहण संघले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई चाँडै हस्तान्तरण गर्दै छ । हालसम्म आरोहणका लागि उपयुक्त मानिएका ४१४ ओटा चुचुरोबारे व्यवस्थित रूपमा एउटै वेबसाइट पोर्टलबाट जानकारी उपलब्ध गराउने उद्देश्यले ‘पिक प्रोफाइल’ तयार गरिएको हो ।

२०७३ को मध्यबाट पर्वतारोहण संघले मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रोफाइल बनाउने काम अगाडि बढाएको थियो । यद्यपि, यसको गृहकार्य भने २०७१ सालदेखि नै शुरू गरिएको थियो । आर्थिक अभियानमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?