बालकोटमा ओली-प्रचण्डबीच ३ घण्टा वार्ता, के भयो निर्णय ?

काठमाडौं, ५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटभार्ता भएको छ एमाले अध्यक्ष ओली निवास बालकोटमा तीन घण्टा लामो छलफल भएको हो । दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म  ओली निवास बालकोटमा भएको बैठकमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भएको थियो स्रोतका अनुसार, दुई पार्टी अध्यक्षबीच भएको छलफल असाध्यै सकारात्म र सबै विषयमा खुलेर कुराकानी भएको बताइएको छ त्यस्तै, भोलि पनि थप गृहकार्यको लागि छलफल गरीने र पर्सि एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुंगो लगाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?