काठमाडौ । मुलुकमा राजस्व छलीको भयानक अवस्था रहेको तथ्य उजागर भएको छ । गएको २२ महिनामा मात्रै १२ अर्बभन्दा बढीको राजस्व छली भएको तथ्य सार्वजनिक भएको छ । राजस्व छलीका अनेक रूप पत्ता लगाउँदै मुलुकको राजस्व चुहावट नियन्त्रणका लागि आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले गत २२ महिनामा १२ अर्ब ३१ करोड ४७ लाख रुपैयाँभन्दा बढी राजस्व छली भएको तथ्य सार्वजनिक गरेको हो ।
यस तथ्यसँगै सामाजिक उत्तरदायित्वसमेत वहन गरिरहेका केही व्यवसायीले सरकारलाई तिर्नुपर्ने अर्बौँ राजस्व छली गरी आफ्नै विश्वसनीयता र सामाजिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएका छन् ।
यस अवधिमा राजस्व अनुसन्धान विभागको कारबाहीमा ५ सय ७ जना व्यापारीले राजस्व छली गरेको पाइएको छ । यस कार्यमा आठ जना कर्मचारीले साथ दिएका छन् । राजस्व छली गर्ने व्यापारी र कर्मचारीसहित विभागले ५ सय १५ जनाविरुद्ध राजस्व छलीमा मुद्दा दायर गरी कारबाही प्रक्रियालाई आक्रामक बनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको थियो । प्रधानमन्त्री मातहत सो विभाग आएसँगै विभागले राजस्व छली गर्नेहरूविरुद्ध आक्रामक कारबाही गर्दै आएको हो । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया