सरकारले विदेशमा रहेकाबाट १ अर्ब उठाउँदै

काठमाडौँ । सरकारले चालू आर्थिक् वर्षमा विदेशमा रहेका नेपालीबाट १ अर्ब रुपैयाँ बचत (ऋण) उठाउने भएको छ ।
वैदेशिक रोजगार बचतपत्रमार्फत सरकारले रोजगारीमा गएका र गैरआवासीय नेपालीबाट उक्त रकम उठाउन लागेको हो । विदेश रहेका नेपालीलाई राष्ट्रिय बचतमा सहभागी बनाउने उद्देश्यले बचतपत्र बिक्री खुल्ला गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?