त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख (डीआईजी) सूर्य उपाध्यायलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।
विमानस्थलमा सरुवा भएको चार महिनामै उनलाई फिर्ता बोलाइएको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनलाई शनिबार साँझ आकस्मिक रुपमा फिर्ता गर्ने निर्णय गरेका हुन् ।
महानगरीय प्रहरी कार्यालयमा आफूभन्दा जुनियर विश्वराज पोखरेललाई सरुवा गरिएपछि उनी असन्तुष्ट थिए । विमानस्थल प्रहरी महानगरीय प्रहरी मातहत छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया