ललितपुर । नेपालमै पहिलो पटक स्थापना भएको थ्री डी आर्ट रेष्टुरेन्ट वान डे थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा आएको छ । शुक्रबार प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेत र विशिष्ठ अतिथि वरिष्ठ गायकद्धय रामकृष्ण ढकाल र धिरज राईंले ललितपुरको कुमारीपाटीमा स्थापना भएको ‘वान डे थ्री डी आर्ट’ रेष्टुरेन्टको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नायिका निता ढुंगाना, चलचित्र निर्देशक अमरदिप सापकोटा, चलचित्र सम्पादक तथा निर्देशक शक्तिप्रज्वल घिमिरे, निर्देशक प्रविण थापा, कलाकारहरु नविन लम्साल, विष्णु सापकोटा, व्यवसायी उज्जलजंग शाहलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

पछिल्लो समय मानिसहरु स्वादिष्ट भोजनका साथसाथै उपर्युक्त वातावरणको पनि खोजीमा हुन्छन् । त्यसैले अहिले अधिकांश व्यक्तिहरुले खाना मात्र नभई खाना खाने ठाउँको वातावरणलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ । यहि आवश्यकतालाई मध्यनजर गरी ललितपुरको कुमारीपाटीमा नेपालमै पहिलो पटक वान डे थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक सुन्दर विष्टको भनाई छ ।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको अवस्थामा रेष्टुरेन्टमा कोरिएका नेपालका पर्यटकीय स्थल र धर्म, संस्कृति र मौलिक परम्परागत चित्रकलाले पर्यटकहरुको मन लोभ्याउने विष्टको दावी छ ।
उपत्यकामा राम्रो भन्दा पनि राम्रो होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आइरहेका बेला उपत्यकाभित्रै पर्ने कुमारीपाटीमा भने फरक खालको नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको हो । खानाका पराखीहरुलाई त्यहाँको वातावरणले पनि असर गर्ने भएकाले आर्ट रेष्टुरेन्टको स्थापना गरेको विष्टको बताउँछन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया