मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी

काठमाडौं, ५ माघ । वीरगंज राजधानी संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगंजलाई नबनाउदासम्म आन्दोलन नरोकिने बताएका छन् बिहीबार रिपोर्टर्स क्लब नेपालमा वीरगंज राजधानी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो पूर्वाधारका अतिरिक्त अन्य सम्भवनाका हिसावमा प्रदेश नम्बर २ को राजधानी पर्साको वीरगंग बनाउनुपर्ने माग गरेको हो संर्घष समितिका अध्यक्ष चौधरीले मधेशको नाममा राजनीतिक दलहरुबाट धोका घडि भएको आरोप लगाएका छन् । उनले भने,‘२००७ सालको क्रान्तिको शुत्रपात भूमि वीरगंज हो, उक्त आन्दोलनको पहिलो शहीद थिरबम मल्ल वीरगंज कै हुन, राज्यलाई ७८ प्रतिशत राजश्व बुझाउने जिल्ला वीरगंज हो, जनकपुरभन्दा हजारौ गुणा सम्भावना र पूर्वाधार भएको जिल्ला पर्सा हो, हरेक राजनीतिक आन्दोलनको मूख्य थलो वीरगंज हो, अन्तर्राष्ट्रिय विमान स्थल र फाष्ट ट्राक निमार्ण हुँदैछ, यस्ता तमाम कुराको आधारमा प्रदेश नम्बर २ को राजधानि वीरगंज हुनुपर्छ, वीरगंजलाई राजधानी नतोकेसम्म हाम्रो आन्दोलन रोकिदैन ।’तीनपटक सांसद र दुईपटक मन्त्री बनिसेकका राजनीतिज्ञ चौधरीले मधेशको नाममा राजेन्द्र महतो र उपेन्द्र यादवले सबैभन्दा बढि गद्धारी गरेको आरोप लगाए उनले अघि थपे,‘म २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना कालमा जेल जीवन विताउदै थिए, त्यतिबेला मधेशका मसिया भन्ने राजेन्द्र महतो नालीको ठेकदारी गर्दै थिए, आजको दिनमा उनले मधेशलाई ठगेर राजनीति गर्छन, राजनीतिक रोटी पकाउँछन्, खान्छन्, जनतालाई दिँदैनन्, राजेन्द्रले सर्लाहीमा आन्दोलन गर्न सकेनन, उपेन्द्रले सुनसरीमा आन्दोलन गर्न सकेनन् वीरगंजलाई रोजे, गत निर्वाचनमा समेत उनीहरले प्रदेश नम्बर २ को राजधानी वीरगंज बनाउने प्रण गरे तर आजको दिनमा धोका दिए, यदि मधेश र मधेशी जनतालाई कसैले घात गरेको छ भने राजेन्द्र र उपेन्द्रले दिएका छन्, राजनीतिक मधेशको गर्ने, दुनो आफ्नो सोझुयाउने ? उनीहरु नै हुन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?