काठमाडौं – पाथीभरा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई भाडामा दिएको छ। सरकारले २०६३ सालमा प्रतिष्ठानलाई भोगाधिकारका लागि सो जग्गा दिएको थियो। प्रतिष्ठानले सो जग्गामा बनाएको भवनलगायत संरचना नेकपालाई केन्द्रीय कार्यालय चलाउन दिएको हो। त्यहाँ अहिले नेकपा केन्द्रीय कार्यालय छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण गर्ने÷गराउने गर्नु हुँदैन भन्ने व्यवस्था छ। तर सत्तासीन नेकपाले सो ऐनविपरीत सरकारी जग्गामा प्रतिष्ठानले बनाएको भवन भाडामा प्रयोग गरिरहेको छ। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया