वन विनाशको भयावह परिणाम, यसरी काकाकूल बन्दैछ नेपाल

appharu
0
Shares

काठमाडौं । बढ्दो औद्योगिकरणसँगै उच्च जनसंख्याको चाप मौसम परिवर्तनका मुख्य कारणहरु हुन् । अत्याधिक शहरीकरण र विभिन्न माध्यमबाट निस्किएको धुवाँ मौसम परिवर्तनको अर्काे कारण हो यो । कहिले धुवाँ नै धुलो, कहिले हिलाम्मे हिलो, कुन बेला अत्याधिक वर्षा त कहिले चर्किलो घाम कुन बेला के हुन्छ पत्तो पाउनै मुस्किल हुन्छ । यो हुनु नै मौसम परिवर्तन हो । तर लामो समयको अन्तरालमा देखा पर्नु भनेकै जलवायु परिवर्तन हो ।

सन् २००२ मा चितवनमा देखिएको डेङ्गु सन् २०१९ मा काठमाडौंमा कसरी देखा पर्याे, त्यो पनि महामारीको रुपमा फैलिनेगरि ? कारण हो मौसम परिवर्तन अर्थात् क्लाईमेट चेन्ज ।

जलवायु परिवर्तनले मौसमलाई मात्र होइन मानव स्वास्थ्यमा पनि निकै नोक्सानी गरेको छ । तराईमा लाग्ने कालाजार, जापनिज इन्सेफलाइटिस, मलेरियाजस्ता रोगहरु बिस्तारै पहाडी र हिमाली जिल्लामा सर्दै गइरहेको बताउँछन् वातावरणीय स्वास्थ्यविद् डाक्टर यादव प्रसाद जोशी ।

“मानिसले गर्ने क्रियाकलापबाट मौसम परिवर्तन हुने गर्छ, हामीले बिभिन्न किसिमबाट निकालेको धुवाँको कारण नै मौसममा परिवर्तन आउँछ” स्वस्थ्यविद् डाक्टर जोशीले भने ।

उनले थपे—हामीले बिभिन्न कामको लागि आगो बाल्ने गछौँ । कतै फोहोर, कतै पराल, कतै बन जंगलको डढेलो, अझ गाउँघरमा त खाना पकाउने काम पनि दाउराबाटै गरिन्छ यिनै धुवाँ निस्किने कुराहरुको प्रयोग कम गर्नु पर्छ ।

दाउराको ठाउँमा गोबर ग्याँस,ग्याँस आदि कुराहरुको प्रयोग गरे वायुमण्डलमा तापक्रम कम हुन्छ हामीले यिनै उपायहरु अपनाएको खण्डमा मात्र हामी मौसम परिवर्तनबाट हुने जोखिमबाट बाँच्न सक्छौँ ।

जलवायु परिवर्तनसम्बन्धी अध्ययन १० देखि २० वर्षको अन्तरालमा गरिन्छ । नेपालमा पनि १९७१ देखि २०१५ सम्म १० वर्षकै अन्तरालमा गरिएको थियोे ।

सन् २०१६ को अध्ययन प्रतिवेदन अनुसार १ डिग्री तामक्रम बढदा ४.४ प्रतिशत झाडापखालाको बिरामी बढ्ने गरेको पाइएको थियो ।
भविष्यमा के असर गर्ला ?

वातावरणीय तथा स्वास्थ्यविद् डाक्टर जोशीका अनुसार जलवायु परिवर्तनको मुख्य कारक नै मानवीय क्रियाकलाप हो । यसको नियन्त्रण कुनै एक राष्ट्रले मात्र चाहेर सम्भव छैन । नेपालमा इन्धनको खपत घटाएर विद्युतको प्रयोग गर्न सके यसको असरबाट बच्न सकिने उनी बताउँछन् ।
उनी भन्छन्, “अनावृष्टि, अतिवृष्टि र अल्पवृष्टि जस्ता समस्याले गर्दा हामी विस्तारै अन्धकारतिर धकेलिरहेका छौँ ।

हिमालमा हिउँ सकिन्छ र वर्षायाममा पानी परिरहन छाड्छ । एकपटक पानी पर्छ, बाढीले तहसनहस पार्छ । मनसुनमा गडबढी जस्ता समस्या आईरहन्छ । खहरे खोलानाला सुक्दै जान्छन् र सिँचाइ बन्द हुन थाल्छ ।”

मौसम परिवर्तका कारण नै वनजंगलहरु मासिँदै जान्छन् । खोलानालाका मुहानहरु सुक्दै गएका छन् । वनजंगलहरु मासियो भने अक्सिजनको मात्रा कम हुन्छ, त्यसले मानिस स्वयंलाई बाँच्न सकस बनाउँछ ।

जलवायु परिवर्तनबाट पर्ने असरहरु

पानीको मुहान सुक्दै जान्छ
वनजङ्गल मासिँदै जाने
बिभिन्न रोगहरु देखा पर्ने
खडेरी पर्ने
मरुभूमी हुने
तापक्रम बढ्दै जाने
अत्याधिक चिसो हुने
डढेलो लाग्ने
झाडाडापखाला जस्ता रोगहरु लाग्ने
खाद्यान्न उत्पादनमा कम हुँदै जाने
अनावृष्टि, अतिवृष्टि र अल्पवृष्टि हुँदै जाने
बाढि,पहिरो भूः क्षय जस्ता कारणले भौतिक संरचनाहरु नसिँदै जाने
वनस्पति तथा जीवजन्तुहरु लोप हुँदै जाने
तराईमा लू लाग्ने
बच्चा, वृद्धवृद्धा र रोगीहरुको स्वास्थ्यमा झनै असर गर्ने
श्वासप्रश्वासका बिरामीहरुलाई गाह्रो हुने
हिमालको हिउँ पग्लिँदै जाने
नदीहरु सुक्दै जाने

वातावरण मन्त्रालयले यो बारेमा बिशेष छलफल गरि राम्रा विज्ञहरुलाई छनौट गरेर मौसम तथा जलवायु परिवर्तनबारे उचित कदम नचाले अबको केहि वर्षमै मौसममा अत्याधिक परिवर्तन आई अनेक रोगहरुले ग्रसित बनाउने कुनै शंका नरहेको उनले बताए ।

नेपालको अहिलेको जनसंख्या करिब तीन करोड छ । डाक्टरका अनुुसार एक व्यक्तिलाई दिनमा स्वस्थ रहनका लागि ३ लिटर पानीको आवश्यकता पर्छ । बढ्दो जनसंख्या, भूूकम्प, वनविनाश, बिना अध्ययन खनिएका सडकसञ्जाल र वातावरण प्रदूूषणका कारण जलश्रोतको दोश्रो धनी देश नेपालमा पानीका मुुहानहरु सुुक्दै गएका छन् । केहि पहाडी इलाकामा पाँच घण्टा हिँडेर एक गाग्री पानी थाप्न पनि लाइन बस्नपर्ने बाध्यता छ । पानीको हाहाकार भएपछि पहाडी भेगका मानिसहरु बसाईसराई गर्न थालेका छन् । यस्तै अवस्था केहि वर्षसम्म भईराख्ने हो भने नेपालमा पानी पिउन नपाएर मानिसहरुले काकाकुल जीवन महशुस गर्नुपर्नै दिन धेरै टाढा छैन । यो गम्भीर विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?