काठमाडौं । ६४ करोड ९६ लाख कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादक वरुण वेभरेज सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार वरुणले योजनाबद्ध किसिमले राजस्व छली गरी राज्यकोषमा आउनुपर्ने करोडाैँ रुपैयाँ ठगी गरेको हो ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुणले नक्कली बिल प्रयोग गरी मूल्य अभिवृद्धि तथा आयकर छली गरेकाले त्यसविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । विभागले मुद्दा दायर गरेसँगै वरुणको कालोधन्दा छरपस्ट भएको छ ।
विभागले वरुणविरुद्ध ६४ करोड बिगो र त्यसको दोब्बर जरिमानासहित १ अर्ब ९४ करोड रुपैयाँ जरिमाना हुनुपर्ने ठहरसहित सञ्चालकविरुद्ध ३ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ । विभागले राजस्व ठगीका प्रमुख योजनाकारका रूपमा रहेका वरुणका सञ्चालक अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रवीनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमार माथि तीन वर्ष कैद सजायको मागसमेत गरेको छ ।
विभागले गरेको अनुसन्धानबाट वरुण वेभरेजले आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्ममा झुटा मूल्य अभिवृद्धि करको कारोबारबाट भ्याट करतर्फ २५ करोड ३४ लाख र आयकरतर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख गरी कुल ६४ करोड ९६ लाख राजस्व छली गरेको देखिएको छ । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया