प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । बिहीबार बिहान देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

भेटमा ओली र देउवाबीच समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

देउवाले प्रधानमन्त्रीसँगको भेटमा सभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । भेटमा देउवाले विवादास्पद अध्यादेश र विधेयक नल्याउन प्रधानमन्त्रीलाईआग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?