ढुवानी व्यवसायीले रोके प्यान नलिएका ट्रकको काम

स्थायी लेखा नम्बर (प्यान) नलिएका ट्रक र यातायात व्यवसायीका ढुवानी साधनमा ढुवानी व्यवसायीले मालसामान लोड अनलोड बन्द गरेका छन् ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत १ हजार रुपैयाँ भन्दा बढीको खर्च देखाउन प्यान बिल अनिवार्य गरेकोमा यो व्यवस्था पुस १ गतेदेखि कडाइ गरेसँगै ढुवानी व्यवसायीले दर्ता नभएका गाडीको काम बन्द गरेका हुन् । ढुवानी व्यवसायी भ्याटमा दर्ता भएको छन् । तर अधिकांश ट्रक व्यवसायी प्यानमा दर्ता नभएकाले त्यस्ता व्यवसायीको साधानबाट बुधबारदेखि काम लिन छाडिएको नेपाल ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विश्वनाथ खनालले बताए । आर्थिक अभियानमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?