दूरसञ्चार इतिहासमा पहिलोपटक सेवाप्रदायकले आफैँले फ्रिक्वेन्सीको मूल्य तय गरे

काठमाडौँ । ‘बोलकबोलको तेस्रो चरणमा नेपाल टेलिकमले पाँच करोड एक हजार र एनसेलले पाँच करोड ८० लाख रुपियाँ कबोल गरेको छ । यससँगै एनसेलले कबोल गरेको मूल्य सबैभन्दा बढी भएको छ, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले यो घोषणा गरेसँगै दूरसञ्चारका लागि उपयोग हुने फ्रिक्वेन्सीको मूल्य नेपालमा पहिलोपटक बोलकबोलबाट तय भयो । यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले निर्धारण गरेको ब्यान्ड र नीतिभित्र रहेर प्राधिकरणले निश्चित मूल्यमा सेवाप्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउँदै आएको थियो । बुधबार दूरसञ्चार इतिहासमा देशमै पहिलोपटक सेवाप्रदायकले आफैँले फ्रिक्वेन्सीको मूल्य तय गरेका हुन् । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?