गुट–उपगुटको मार खेप्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको बेमेल चरम उत्कर्षतिर पुगेको छ। पार्टीका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागवण्डा नमिल्दा हाल जारी केन्द्रीय समितिको बैठकसमेत प्रभावित भएको छ।
दुई नेताबीच देखिएको बेमेल मिलाउन लाग्नुभएका पूर्वमहामन्त्री तथा प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पार्टीका दुई खेलामा नेतालाई मिलाउन नसकेपछि हात छिक्नुभएको छ।
चालू केन्द्रीय समितिको बैठकमा रामचन्द्र पौडेल पक्षधर नेताहरू लगातार अनुपस्थित भएपछि बैठक केही दिनका लागि स्थगित भएको छ। दुवै गुटमा आफू नरहेको बताउँदै आउनुभएका नेता सिटौला बुधबार भने पौडेलले राख्नुभएको कोठे भेलामा सहभागी हुनुभएको थियो।
बैठकमा सहभागी भए पनि नेता सिटौलाले भने आफू कुनै गुटमा नरहेको जिकिर गर्नुभएको थियो।पौडेल निवास बोहोराटारमा भएको छलफलमा सहभागी नेताहरूले प्याकेजमा सहमति नभए केन्द्रिय समितिको बैठक लगातार बहिस्कार गर्ने अडान राखेपछि सिटौला निरास भएर फर्कनु भएको बैठकमा सहभागी एक नेताले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया