घरजग्गा र सवारीसाधन खरिदमा बैंकहरुको आठ खर्ब कर्जा प्रबाह

घरजग्गा, सवारीसाधन, सेयर धितोलगायतका क्षेत्रमा बैंकहरुले ठूलो परिमाणमा कर्जा प्रवाह गरेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २५
वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहितका ७५ वटा संस्थाहरुले व्यक्तिगत आवास (होम लोन) घरजग्गा, सेयर धितो, सवारीसाधन (हायरपर्चेज) र विपन्न वर्ग क्षेत्रमा मात्र आठ खर्ब १९ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

सो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ३४ खर्ब ४३ अर्ब आठ करोड ९० लाख र कुल कर्जा ३० खर्ब ४५ अर्ब ७५ करोड ६०
लाख रुपैयाँ रहेको थियो । आर्थिक् अभियानमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?