एयरलाइन्सको कार्यालयमा विदेशी कर्मचारी नियुक्तिमा कडा नियम

नेपालस्थित विदेशी एयरलाइन्सको कार्यालयमा विदेशी कर्मचारी नियुक्तिमाकडाइ गरिएको छ ।

अहिलेसम्म जुनसुकै एयरलाइन्सले नेपालको कार्यालयमा आफूखुसी विदेशी कर्मचारी नियुक्ति गर्दै आएकामा अब भने नियुक्त गरिने कर्मचारीको नियुक्ति गर्नुअघि सुरक्षा पृष्ठभूमि प्रचलित कानुनबमोजिम जाँच गराउनुपर्नेछ ।

सुरक्षा जाँचको रिपोर्ट नेपाल सरकारले समेत हेर्ने बताइएको छ ।

विदेशी कर्मचारीको कारण नेपालको विमानस्थलमा खतरा बढ्ने आशंका गर्दै सरकारले ‘नागरिक उड्डयन सुरक्षा नियमावली–२०७३’ लाई पहिलो पटक संशोधन गर्दै विदेशी कर्मचारी नियुक्तिमा कडाइ गरेको हो । आर्थिक अभियानमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?