हाटा प्रवृत्ति : कर्मचारीबाट चरम ठगी

काठमाडौं । देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ । अहिले पनि कतिपय सरकारी कार्यालयमा हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति यथावत् नै रहेको छ । कर्मचारी वृत्तमा यस्तो प्रवृत्तिलाई हाटा प्रवृत्ति भनेर व्यंग्य गर्ने गरिएको छ ।

हाटा भन्नाले हाजिर गर्ने र अन्यत्र आफ्नै व्यक्तिगत काममा टाप कस्ने प्रवृत्ति हो । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले संघीय मन्त्रालय, विभाग, अस्पताल, विभिन्न कार्यालयदेखि वडा कार्यालयसम्म गरेको अनुगमनबाट अझै पनि धेरै कर्मचारी कामचोर प्रवृत्तिकै रहेको देखाएको हो । राजधानी दैनिकम खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?