धमाधम छोरी हराउँदै, धैरै फेला नै पर्दैनन्

काठमाडौं । विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६÷७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको हो । जसमध्ये १ हजार ४ सय ४० जना मात्रै फेला परेका छन् ।

हराउने बालबालिकामा छोराभन्दा छोरीको संख्या धेरै रहने गरेको तथ्यांक देखाउँछ ।तथ्यांकअनुसार १५ महिनाको अवधिमा १ हजार ६७ जना बालक हराएकामा सोही अवधिमा २ हजार ३ सय ५१ जना बालिका अर्थात् छोरी हराएका हुन् ।

हराएका बालबालिकामध्ये १५ महिने अवधिमा ४ सय ३४ जना बालक (छोरा) फेला परेका छन् भने १ हजार ६ जना बालिका (छोरी) फेला परेका छन् । हराएका मध्ये कुल १ हजार ४ सय ४० जना मात्रै भेटिएका हुन् । हराएकामध्ये १ हजार ९ सय ७८ जना भने भेटिएका छैनन् ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण हराउने भन्दा भेटिनेको संख्या कम देखिएको बताए । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?