काँग्रेस बिबाद मिल्ने बाटोमा

काँग्रेसभित्र जारी आन्तरिक विवाद मिलाउन भइरहेका छलफल सहमति नजिक पुगेको छ । १४ औँ महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ महाधिवेशन आयोजक समिति गठन र तरुण दलको समायवधि थपसँगै समितिलाई पूर्णता दिन छलफल सकारात्मक बन्दै गएको नेताहरुले बताए । सहमति निर्माणका लागि संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गठन गरेको कार्यदल बैठक दिनहुँ बसे पनि टुङ्गोमा पुग्न सकेको छैन । मंगलबार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको दाबी नेताहरुले गरेका छन् । बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि ठोस सहमतिमा पुग्न सकिने विश्वास उनीहरुको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?