एनआरएनए चीनमा बिबाद

काठमाडौँ । स्थापनाकालदेखि नै विवादको भूमरीमा फस्दै आएको गैरआवासीय नेपाली संघ चीनमा फेरि विवाद देखिएको छ । विवादकै कारण एक समूहले अर्को समूहलाई स्वीकार नगर्ने अवस्था आइपुगेको छ ।

संस्थामा वैचारिक द्वन्द र मतभेत हुनु सामान्य भएपनि एनआरएनए चीनमा चीनमा फरक मत राख्ने र आफ्नो बिचारसँग असहमत हुनेलाई संस्थाबाट अलग्याउने नीति आपनाईएको छ।

सन २०१७ मा बिभिन्न आन्तरिक तथा बाह्रय कारणले गर्दा भंग भएको एनसीसी चीन पछि पुनर्गठन गरेर सुदेश झाको संयोजकत्वमा तदर्थ समिति बनाइयो भने पछि अधिवेशन गरेर प्रदीप न्यौपानेलाई नेतृत्व सुम्पिए । तर, उनको नेतृत्व निर्विबाद रहेन किनकी अर्को समूहले चुनाव बहिस्कार गरिदिए ।
बिबादकै कारण एनआरएन चीनले अधिवेशन भएको तीन महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । संस्थाले संरक्षक र सल्लाहकार समेत पाउन नसकेको हो ।
केही व्यक्तिहरुको स्वार्थमा अनुभव नभएकालाई नेतृत्व दिएकाले यस्तो अवस्था आइलागेको एनआरएन चीनका एक सदस्य बताउँछन् ।

संस्थामा रन्जन ढकाल, डा राजीव केशरी, ईन्जिनीयर निर्मल चौलागाई, प्रकाश खरेल , राजन कुमार जम्कट्टेल, खरोहित अग्रवाल, शंकर ज्ञवाली, , बलराम पराजुली, संजय चेतानी, मिन बहादुर श्रेष्ठ, सुजित बाबु श्रेष्ठ, कृष्णसिलवाल, शुक्ला प्रधान,सिताराम ढुंगाना, धर्मदत्त ज्ञवाली, दामोदर पराजुली, मित्रलाल सापकोटा लगायतका अनुभवी व्यक्तित्वहरु रहेपनि उनीहरु अहिले संस्था बाहिरै रहेका छन् ।

यसरी अनुभवी र पुराना खम्बाहरुलाई बाहिर राखेर एनआरएनए चीनले कस्तो संस्थाको परिकल्पना गरेको हो भनेर केही पुरानाहरुले चिन्ता ब्यक्त समेत गर्न थालेका छन् ।
यही विवादका कारण एनआरएनले गति त लिन पाएका छैनन् चीनमा रहेका नेपालीले समेत एनआरएन चीन भनेर गर्व गर्न पाएका छैनन् ।
असन्तुष्ट समूहले बलियो एनआरएनएको परिकल्पना गर्नुको बिकल्प नरहेको भन्दै यसको लागि केन्द्रबाट पनि दबाबमुलक भुमिका चाहिएको बताएको छ ।
यता अध्यक्ष प्रदीप न्यौपानेले भने संस्थामा सबै पक्षलाई समेटेर सही निर्णय लिइछाड्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?