चीनले दियो नेपाल प्रहरीलाई मोटरसाइकल

काठमाडौं – नेपालस्थित चिनियाँ राजदुतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ ।

चिनियाँ दूतावासका प्रथम सचिव वाङ स्यायो लङले ५६ लाख ३२ हजार ७ सय रूपैयाँ बराबरको टीभीएस अपाचे मोटरसाइकल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन्।

सो प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तिव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागी चिनियाँ राजदुतावासलाई धन्यवाद व्यक्त गरे ।

ती २३ वटा मोटरसाइकललाईआवश्यकताअनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उनले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?