एसियाकै सुविधा सम्पन्न समतिभेज अस्पतालका व्यवस्थापन समितिद्वारा ग्राण्डी भ्रमण

काठमाडौं । थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालका व्यवस्थापन टीमले मंगलबार ग्राण्डी इंटरनेशनल हस्पिटल भ्रमण गरेको छ ।
सो भ्रमणका क्रममा २ अस्पतालबीचको व्यवस्थापन अनुभव आदान प्रदान, नयाँ चिकित्सा प्रविधि, चिकित्सा पर्यटन, सर्वसूलभ गुणस्तरयुक्त स्वास्थ सेवा लगायतका विषयमा छलफल भएको थियो ।

ग्राण्डी हस्पिटल संचालन अगावैदेखी समितिभेज हस्पीटलले प्राविधिक सहयोग गरेको थियो । नेपालमा विश्व स्तरको सुविधासम्पन्न अस्पताल र एसियाकै सुविधा सम्पन्न समितिभेज अस्पतालबीच बिरामीको ‘हेरचाह’ को उदेश्य र संस्कृतिमा समानता छ ।


सो टिमले स्थापनाको छोटो अवधिमा ग्राण्डी ‘हस्पिटल’ले नेपालको स्वास्थ क्षेत्रमा गरेको प्रगतिप्रति ख़ुशी समेत प्रकट गरेको छ । साथै आगामी दीनमा विशिष्ट सेवाको निम्ति समितिभेज र ग्राण्डी हस्पिटलले सबैखाले सहकार्य गर्न तयार रहेको बताइएको छ ।
सो भेटमा ग्राण्डी हस्पिटलका मेडिकल ‘डाईरेक्टर’ डा. चक्रराज पाण्डे र डेपुटी ‘डाईरेक्टर’ डा. बिनोद बीजूक्छे लगायतले हस्पिटलले दिँदै आएको सेवा र प्रविधिको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?