काठमाडौं । मलेसियाले अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदारलाई कडाइ गर्ने भएकाे छ ।
मलेसियामा ठूलो संख्यामा नेपाल लगायत अन्य देशका श्रमिक अवैध रूपमा बसेर काम गरिरहेको गुनासो बढेपछि मलेसिया सरकारले आगामी जनवरी १ देखि उनीहरूविरुद्ध कडा कदम चाल्ने जनाएको छ ।
मलेसिया सरकारले अवैध रुपमा बसेर काम गरिरहेका कामदारहरुलाई घर फर्कन अगस्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरेको थियो ।
मलेसिया सरकारले घर फर्कने कार्यक्रमलाई ब्याक फर गुड (आममाफी) को नाम दिएको थियो । आममाफीको समय पनि जनवरी १ मा सकिँदै छ ।
मलेसिया सरकारले त्यसअघि नै उनीहरूलाई स्वदेश फर्कन अवसर दिएको छ। मलेसियामा रहेको नेपाली दूतावासका अनुसार डिसेम्बर ३१ सम्म अवैधानिक रूपमा रहेका श्रमिक घर फर्के मलेसिया सरकारले कुनै कारबाही गर्ने छैन।
अवैधानिक रूपमा रहेका श्रमिकलाई घर फर्कन मलेसिया सरकारले मौका दिएकाले आउँदो दुई साताभित्र यस्तो अवसर नगुमाउन दूतावासले आग्रह गरेको छ।
राहदानी हराएका, भिसाको अवधि सकिएका, पहिलो रोजगारदाता छाडेका लगायत आवश्यक कागजपत्र नभएका श्रमिकलाई अवैधानिक मानिन्छ । श्रम स्वीकृति लिएको संख्याको आधारमा मलेसिया नेपालको सबभन्दा ठूलो गन्तव्य भित्र पर्छ ।
वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर मलेसियाको रोजगारीमा ११ लाखभन्दा बढी युवा पुगेका छन्। जसमा १ खाल ५० हजारसम्म अवैध रहेको दूतावासको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया