मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ । घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुखविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम माग गरेको पाइएको बताए ।

उनले घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?