बम बिस्पाेटमा बालककाेे मृत्युुकाे शाेकमा आइतबार निजी विद्यालय बन्द

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा गएराति भएको विष्फोटमा परि एक विद्यार्थीको समेत मृत्यु भएपछि आइतबार धनुषाका निजी बिद्यालयहरु बन्द रहने भएका छन् ।

जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना पश्चात् प्याबसनका धनुषा अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै आइतबार निजी विद्यालयहरु बन्द रहने जनाएका हुन् ।
सो बिस्फोटमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश भनिने राजेश्वर साहको समेत मृत्यु भएको थियो । आनन्द राजेश्वरका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?