मान्छेको लिंगजस्तो के हो यस्तो समुन्द्रभरी ?

अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोभन्दा पचास माइल टाढा पर्ने एक समून्द्री तटमा अनौठो जीव हजारौंको संख्यामा देखिएका छन् । जुन हेर्दा मानव लिङ्ग आकारका छन् ।
उक्त जीव अर्चिस कोपो प्रजातिको किरा भएको जीव वैज्ञानिकले जानकारी दिए । प्रजातिको हिसाबमा किरा भए पनि स्थानीयस्तर भने यसलाई ‘लिङ्ग माछा’ भन्ने गरिन्छ, जुन नाम जीवनको मानव लिङ्गजस्तो आकारका कारण पाएको हो ।
यी किराहरु बालुवामा निकै भित्रसम्म दुलो बनाए बस्ने गर्छन् । तर पछिल्लो पटक आएको आँधीले तिनलाई जमिनमा निकालिदिएको थियो । अहिले यी माछाले ड्रेक समुन्द्री तट ढाकिएको छ ।

समुन्द्र किनारको बलौटे भागमा यो जीवले अंग्रेजी वर्णको ‘यू’ आकारमा कयैन फिट गहिरो खाडल खन्ने गर्छ । यिनीहरुले खन्ने दुलामा अन्य जीवहरु पनि बसोबास गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?