८ सय ३१ भारतीय अमेरिकाबाट निकालिए

एजेन्सी । अमेरिकी सरकारले जारी गरेको एक रिपोर्ट अनुसार अघिल्लो वर्ष झण्डै १० हजार भारतीय पक्राउ गरियो । उनीहरु राष्ट्रिय सुरक्षा तथा आम सुरक्षामाथि खतराको आशंमा पक्राउ परेका थिए ।

मंगलबार जारी अमेरिकी सरकारको एक रिपोर्ट अनुसार पक्राउ परेका १० हजारमध्ये ८३१ जना भारतीयलाई अमेरिकाबाट बाहिर निकाला गरिएको थियो ।

‘इम्मिग्रेसन इन्फोर्समेन्ट : अरेस्ट, डिटेन्सन्स एण्ड रिमुभल्स एण्ड इस्यु रिलेटेट टू सेलेक्टेड पपुलेसन’ शिर्षकको रिपार्टमा यो तथ्य उल्लेख छ ।

रिपोर्ट सरकारी जवाफदेही कार्यलयले तयार गरेको थियो । अमेरिकी आप्रवासन तथा भन्सार कार्यन्वय निकाय ‘आईसीई’का अनुसार जेल जाने भारतीयको संख्या सन् २०१५ देखि सन् २०१८बीच दुई गुणाले बढ्यो ।

आईसीईले सन् २०१५मा ३,५३२ भारतीयलाई जेल चलान गरिएको थियो । त्यसपछि प्रत्यक वर्ष जेल चलाउन हुनेको संख्या वृद्धि हुदाँ सन् २०१६ मा ३,९१३, सन् २०१७ मा ५,३२२ र सन् २०१८ मा ९,८११ भारतीयलाई जेल हालिएको थियो ।

रिपोर्ट अनुसार आईसीईले सन् २०१८मा ८३१ भारतीयलाई देश निकाला ग-यो । अमेरिकाबाट निकाला पर्ने भारतीयको संख्यामा पनि प्रत्यक वर्ष वृद्धि भएको देखिन्छ ।

सन् २०१५ मा २९६, सन् २०१६ मा ३८७ र सन् २०१७ मा ४७४ भारतीयलाई अमेरिका निकाला गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?