विप्लव समूहले खुलेआम चन्दा लिने कार्यलाई तीव्रता दियो

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले व्यवसायी तथा सरकारी निकायसँग चन्दा असुली गर्ने क्रमलाई तीव्रता दिएको छ । विप्लव समूहले सरकारी कर्मचारी, कार्यालय प्रमुख, निर्माण व्यवसायी, शिक्षक, व्यापारीसँग चन्दा लिने क्रमलाई तीव्रता दिएको हो ।

विप्लवले खुलेआम चन्दा लिने कार्यलाई तीव्रता दिए पनि सरकार भने त्यसलाई रोक्न कमजोर देखिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेल सरकारी तथा निजी सम्पत्तिमाथि भौतिक क्षति पु¥याउने व्यक्ति तथा समूहमाथि गम्भीर रूपमा निगरानी भइरहेको बताउँछन् । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?