१२ असार २०७९, आईतवार

प्रहरीले गोली चलाउन नछाडेका कारण आत्मसमर्पण गर्न नपाई मृत्यु !

२०७४,माघ,४,बिहीवार १५:३९

0
Shares

कराकस, ४ माघ । भेनेजुएलामा सर्वाधिक खोजी सूचीमा रहेका ओस्कर पेरेसजहित अन्य ६ जना सुरक्षा कारबाहीमा मारिएका छन् प्रहरीले राजधानी कराकसमा पेरेस र अन्य मृतक ६ जनाको शब राखेको स्थानलाई कडा सुरक्षा दिइरहेका छन् । सोमबार उनीहरुलाई पक्राउ गर्न गरेको प्रहरीमाथि नै गोली चलाएको सरकारी दाबीमाथि समेत प्रश्न उठेको छ सो कारबाही चलिरहँदा पेरेसले सामाजिक सञ्जालमा प्रहरीले गोली चलाउन नछाडेका कारण आफूहरूले आत्मसमर्पण गर्न नपाएको उल्लेख गरेका थिए उनी आफूले स्थापना गरेको सरकार विरोधी समूहका सदस्यसँगै लुकिरहेको घर पत्ता लगाएपछि प्रहरीले सो कारबाही चलाएको थियो । विपक्षीले भने प्रहरीले गैरन्यायिक हत्या गरेको आरोप लगाएका छन् अघिल्लो वर्षको जुनमा पेरेस र उनका साथीहरूले एउटा हेलिकप्टर चोरेर सर्वोच्च अदालत परिसरमा ग्रिनेड हमला गरेका थिए । हेलिकप्टर काराकासको बाहिरी इलाकामा अलपत्र अवस्थामा फेला परेपनि उनी फरार रहँदै आएका थिए त्यसयता उनलाई ‘आतंकवादी’ भएको आरोपमा खोजी गरिदै आएको थियो । त्यसअघि उनले एउटा फरेन्सिक प्रहरी संगठनको सदस्य रूपमा पेरेसले १५ वर्ष काम गरेका थिए ।

प्रकाशित मिति: २०७४,माघ,४,बिहीवार १५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१  काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएसँगै हैजा संक्रमितको संख्या १२

काठमाडौं । दक्षिण अफ्रिकाको इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जनाको शव फेला परेको छ । आइतबार (आज)

काठमाडौं । युवराज चार्ल्सले कतारी अर्बपति शेखबाट आफ्नो परोपकार संस्थाका लागि १ मिलियन युरो नगद भरिएको सुटकेस स्वीकारको दाबीसहितका विवरण

काठमाडौं । भारत सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय यात्रालाई सजिलो बनाउँन सरकारले यसै वर्षको अन्त्यसम्ममा ई–पासपोर्ट जारी

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५