माधवकुमार नेपालको त्याे पहिलो विदेश यात्रा : बाँचेर फर्कुंला भन्ने आस पनि थिएन 

काठमाडौं – जहाज जसै फिलिपिन्सको राजधानी मनिलाको आकाशमा पुग्यो, ढलमल–ढलमल गर्न थाल्यो । जहाजको झ्यालबाट कालो बादलबाहेक अर्को दृश्य देखिएन, जहाज बादलभित्रै हरायो । मृत्युलाई सामुन्ने देख्दा के गर्छ मान्छे ? उनले त्यतिखेर गरेको अनुभूति त्यही नै हो । ‘यात्रु सबै रुन थाले, एयर होस्टेस पनि रोए । अब त जिन्दगी यत्ति नै हो भन्ने लागेको थियो,’ पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पहिलो विदेश यात्रा स्मरण गरे, ‘मलाई बाँचेर फर्कुंला भन्ने आस पनि थिएन ।’
नेपालका अनुसार उनले जिन्दगी माया मारेको त्यो दोस्रो पटक थियो । पहिलो पटक ०२९ सालमा सास फुलेर सिन्धुपाल्चोकको उकालो चढ्न नसक्दा उनलाई अब बाँचिँदैन होला भन्ने लागेको थियो । तराईको मान्छे अचानक पहाड छिचोल्नुपर्दा जति अत्तालिएका थिए, त्योभन्दा धेरै जहाजले बादल छिचोल्न नसक्दा आत्तिए उनी ।फाट्यो, उनी चढेको जहाजले बाटो पायो, अचानकै जिन्दगी नसकिएकामा अरू यात्रुजस्तै नेपालको अनुहारमा पनि घाम झुल्कियो । बाल–बाल बाँचेका ३९ वर्षीय नेपाल युवाको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सहभागी भएर फर्किए । यो ०४८ कात्तिकको कुरा हो र वैदेशिक यात्रामा नेता नेपालको ‘डेब्यु’ । कान्तिपुर दैनिकमा नेपालकाे यात्राबारे खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?