नारायणी नदीमा नेपाली सेनाको जलउद्धार अभ्यास तालिम

चितवन । चितवनको नारायणी नदीमा नेपाली सेनाले जलउद्धार अभ्यास तालिमको प्रदर्शनी गरेको छ ।
नेपाली सेना श्री नम्बर २ बिपद् ब्यबस्थापन गण रिसौली चितवनले श्री बिपद् ब्यबस्थापन निर्देशनालय अन्तरगतका फौजहरुको क्षमता बिकास अभिबृद्धिका साथै समूहगत कार्य गर्ने परिपाटीको बिकास गर्ने उद्देश्यले जलउद्धार अभ्यास गरेको हो ।
सो अवसरमा नदीमा डुगा पल्टेर डुबेकाहरुको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रदर्शन गरीएको थियो । प्रदर्शनमा मोटरबोट र जेट बोट र राफटिङ्ग बोट प्रयोग गरीएको थियो ।
तालिममा श्री बिपद् ब्यस्थापन तालिम शिक्षालय श्री नम्बर १ बिपद् ब्यबस्थापन गण र श्री नम्बर २ बिपद् ब्यबस्थापन गणका ३५ सेनाहरुको सहगागिता रहेको श्री नम्बर २ बिपद् ब्यबस्थापन गणका गणपति राजेन्द्र पराजुलीले बताए ।
उक्त प्रदर्शनीमा प्रशिक्षार्थीहरुले फ्लिप ड्रिल अण्डर वाटर क्रसिङ्ग ओ बी एम रयाफटिङ्ग बोट ब्दारा अभ्यास गरेका थिए । उक्त अबसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई बिपदमा प्रयोग गरीने बिभिन्न आधुनिक उपकरण बारे जानकारी गराइएको थियो । सो अवसरमा बिपदका बेला उद्धार गर्ने सम्बन्धमा पूर्व अभ्यास देखाउने, नदीमा बगेको मानिसलाई कसरी उद्धार गर्ने भन्ने बिषयमा प्रर्दशर्नी गरिएको र बिपद ब्यवस्थापन गण संग भएका उद्धार सामाग्रीको प्रर्दशनी समेत भएको थियो । आफूहरुसंग रहेका तिन प्रकारका सामाग्री हरुको प्रर्दशनी समेत गरिएको पराजुलिले बताए ।
(सि एस एस आर) कोल्याप्स ईस्टक्चर सर्च एण्ड रेस्कूयू सम्बन्धि उद्धार सामाग्री, फायर फाईटिंग सम्बिन्धि उद्धार सामाग्री र वाटर रेस्क्यू सम्बधी उद्धार सामाग्री सो अवससरमा प्रर्दशनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?