काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष सोनाम लामाले लाप्राक बस्ती निर्माण कार्यले छिट्टै पूर्णता पाउने बताएका छन् ।
बस्तीको अवलोकनका लागि त्यहाँ पुगेका उनले लाभग्राही, वडा अध्यक्ष, गाउँपालिका प्रमुख र स्थानीय सरोकारवालाहरु संग भेटघाट गरेको एनआरएनए सचिवालयले जनाएको छ । सो क्रममा उनले सबै सरोकारवालाहरुसंग नमूना वस्तीबारे छलफल गरेका थिए ।
यसका साथै उनले त्यहा कार्यरत कर्मचारीहरुलाई काममा तिव्रता दिइ जतिसक्दो चाडो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए ।
हाल निर्माण कार्य अन्तिम चरणमा रहेको र चाँडै नै निर्माण कार्य सम्पन्न हुने कुरा परियोजना प्रमुखले जानकारी गराएको बताइएको छ ।
विषम एवम प्रतिकुल मौसमका बाबजुद पनि हाल सम्म त्याहाँ रहेका कामदारहरु र नेपाली सेनाले गरेको काम प्रति संघका उपाध्यक्षले प्रशंसा गरे ।
लाभग्राहीहरुले समयमा नै काठको व्यवस्था नगर्दा निर्माण कार्यमा ढिलाइ भएको जानकारी गराउनका साथै निर्माण स्थल सम्म काठहरु ल्याउन कठिनाइहरुको सामना गर्नु परेको बारेमा पनि अवगत गराएका थिए । यसरी नै गाउँपालिकाका अध्यक्षले निर्माण भइसकेका घरहरुमा लाभग्राहीहरुलाई सार्नको लागि पहल गर्ने र साथै यस परियोजनामा स्थानीय तहबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
उपाध्यक्ष लामाले परियोजनामा सहयोग गर्ने सबै सरोकारवालाहरु प्रति धन्यवाद प्रकट गर्नुका साथै सबै सरोकारवालाहरुलाई छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया