प्रहरीले गोली चलाउन नछाडेका कारण आत्मसमर्पण गर्न नपाई मृत्यु !

कराकस, ४ माघ । भेनेजुएलामा सर्वाधिक खोजी सूचीमा रहेका ओस्कर पेरेसजहित अन्य ६ जना सुरक्षा कारबाहीमा मारिएका छन् प्रहरीले राजधानी कराकसमा पेरेस र अन्य मृतक ६ जनाको शब राखेको स्थानलाई कडा सुरक्षा दिइरहेका छन् । सोमबार उनीहरुलाई पक्राउ गर्न गरेको प्रहरीमाथि नै गोली चलाएको सरकारी दाबीमाथि समेत प्रश्न उठेको छ सो कारबाही चलिरहँदा पेरेसले सामाजिक सञ्जालमा प्रहरीले गोली चलाउन नछाडेका कारण आफूहरूले आत्मसमर्पण गर्न नपाएको उल्लेख गरेका थिए उनी आफूले स्थापना गरेको सरकार विरोधी समूहका सदस्यसँगै लुकिरहेको घर पत्ता लगाएपछि प्रहरीले सो कारबाही चलाएको थियो । विपक्षीले भने प्रहरीले गैरन्यायिक हत्या गरेको आरोप लगाएका छन् अघिल्लो वर्षको जुनमा पेरेस र उनका साथीहरूले एउटा हेलिकप्टर चोरेर सर्वोच्च अदालत परिसरमा ग्रिनेड हमला गरेका थिए । हेलिकप्टर काराकासको बाहिरी इलाकामा अलपत्र अवस्थामा फेला परेपनि उनी फरार रहँदै आएका थिए त्यसयता उनलाई ‘आतंकवादी’ भएको आरोपमा खोजी गरिदै आएको थियो । त्यसअघि उनले एउटा फरेन्सिक प्रहरी संगठनको सदस्य रूपमा पेरेसले १५ वर्ष काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?