रवीेमाथी किन बारम्बार खनिन्छन् खेम भण्डारी ? ‘द लिडर’ लाई उडाउँदै यस्तो लेखे

काठमाण्डौ- टेलिभिजन रियालिटी शो ‘द लिडर’को हिजो औपचारिक घोषणा भयो ।

‘को बन्छ करोडपति’ सञ्चालनमा ल्याएको ‘एसआरबीएन’ मिडियाले छिट्टै प्रसारण गर्न लागेको कार्यक्रमको बिहिबार काठमाण्डौमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आए ।

उनलाई प्राप्त भएका टिकाटिप्पणीमा कार्यक्रम सफलताको शुभकामना भन्नेहरु पनि छन् भने कतिपयले नेता पनि रियालिटी शो बाट छान्ने भन्दै व्यंग्य कसेका छन् ।

‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेछन् । कार्यक्रमको निर्याणकमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् । बाँकी २ निर्णायक पछि चयन गरिने बताइएको छ ।

कार्यक्रम न्यूज २४ टेलिभिजन साथै रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ ।

सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिएक छन् । प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिनेछ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी भइरहेका बेला सामाजिक सञ्जालको यो टिप्पणीले कस्तो असर पार्ला त्यो त हेर्न बाँकी नै छ ।

रवी लामिछानेको नयाँ कार्यक्रमबारे रविन्द्र मिश्रले यस्तो लेखे फेसबुकमा, को बन्ला सच्चा राष्ट्रसेवक ? 

यसैबिच निर्मला बलात्कारपछि हतया प्रकरणपछि पत्रकार रवी लामिछानेसँग ‘टसल’ भएका पत्रकार खेम भण्डारीले सामाजिक सञ्जालमा निकै तुच्छ किसिमको टिप्पणी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै यस्तो लेखेका छन् फोटोमा हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?