डाक्टरले वकिललाई पिटेपछि अस्पतालमै तोडफोड, १५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र झडप हुँदा १५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।

अस्पतालको डाक्टरले वकिललाई पिटेको भन्दै वकिलहरुले अस्पतालमा तोडफोड गर्नुका साथै सवारी साधनमा आगजनी गरेका थिए । घटनामा पञ्जाबका सूचनामन्त्री फयाज चौहान पनि वकिलको हमलाबाट घाइते भएका छन् ।

घटनापछि प्रधानमन्त्री इमरान खानले प्रदर्शनकारीलाई तुरुन्त कारबाही गर्ने आदेश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?