मौसम पूर्वानुमान महाशाखाद्वारा सतर्क रहन आग्रह, कस्तो छ आगामी तीन दिनको मौसम ?

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू-भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको छ । मौसम विद्काअनुसार प्रणाली अझै सशक्त भई देशका मध्य, पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना छ ।

तापक्रममा गिरावट भई देशैभरी चिसो बढ्ने मौसम विभागको भनाइ छ । उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

कस्तो छ आगामी तीन दिनको मौसम ?

(बिहीबार)

देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण वदली साथै मध्य तथा पुर्वी भू-भागमा सामान्य बदली रहनेछ। पश्चिम भेगका केही स्थानमा वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी भू-भागमा मध्यम हिमपातको सम्भावना छ ।

राती: देशभर सामान्यदेखि पूर्ण वदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा साथै पूर्वका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भु-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

(शुक्रबार)

देशभर सामान्यदेखि पूर्ण वदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी, हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

राती: देशभर सामान्यदेखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी, हिमाली भू(भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी भु-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

(शनिबार)

देश भर आंसिकदेखि सामान्य वदली रही मध्य तथा पूर्वका केही स्थानमा साथै पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

राती:  देशको पश्चिमी भुभागमा आंसिकदेखि सामान्य वदली साथै मध्य तथा पूर्वी भू–भागमा आंसिक बदली रहनेछ । पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपात हुने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?