सागले खोस्यो जीवन, गयो ज्यान

काठमाडौँ । साग उद्घाटनको खुसीयालीमा पड्काइएको पटाका लागेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगर–१३ स्थित कभर्डहल नजिकै घर भएका सोभित र निर्मला राउतका छोरा ११ वर्षीय आलोकको ज्यान गएको हो ।
घाइते आलोकको उपचारको क्रममा धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा मंगलबार मृत्यु भएको धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले बताए । मंसिर २० गते कुस्ती खेल प्रदर्शनका क्रममा खेलाडीले खुसीयालीमा पटाका पड्काएका थिए । सोही क्रममा केही नपड्किएको पटाका फालिएको भेटेका आलोकले घरमा लगेर खेलेका थिए । सोही क्रममा पड्किदा उनी घाइते भएका थिए । अन्नपूर्णले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?