३० हजारमा भित्रिन्छन् रोहिंग्या

अन्सार महोम्मद र हुसेन हमिद म्यानमारबाट विस्थापित भएर बंगलदेशमा शरणार्थी जीवन बिताइरहेका थिए । नेपालमा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग(युएनएचसीआर)बाट शरणार्थीको मान्यता पाइन्छ भन्ने उनीहरुले सुने । त्यसपछि नेपाल छिर्न एजेन्टलार्ई ३० हजार बंगाली टाँका(करिब ४० हजार नेपाली रुपैयाँ) बुझाए । सात महिनापछि काठमाडौँ आइपुगेका उनीहरु बुढानीलकण्ठ नगरपालिका–११ स्थित राममन्दिर नजिकै टहरामा बसिरहेका छन् ।

मोहम्मद र हमिद दुवै रोहिंग्या समुदायका हुन् । उनीहरुले यहाँ आएपछि यूएनएचसीआरमा शरणार्थीको पहिचान माग्दै निवेदन पनि दिएका छन् । तर नाम दर्ता भइसकेको छैन । उनीहरु जसरी नै बंगलादेशबाट भारत हुँदै काठमाडौं आईपुगेर राममन्दिर नजिकैका टहरामा बसिरहेका रोहिंग्या अरु १ सय ७१ जना छन् । रोहिंग्या बूढानीलकण्ठकै लसुनेटार र काभ्रेको पानौतीमा समेत गरी ३ सय ७८ जना छन् । रोहिंग्यालाई यहाँ ल्याउन र बस्ने ठाउँ मिलाउन गिरोह नै सक्रिय रहेको गृह मन्त्रालयको ठम्याइ छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?