प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २६ मा माधव नेपाललाई बालुवाटार बोलाएर तीन प्रस्ताव गरे, १) बढ्दो तिक्तता हटाउने हार्दिकता बढाउने २) पार्टी कार्यालय पुनः निर्माणको जिम्मा दिने र ३) कालापानी सीमा विवाद समाधानगर्न ‘विशेष दूत’का रुपमा भारत पठाउने ।
झन्डै तीन महिनाको संवादहीनता तोड्न ओलीले तारन्तार निम्तो पठाएपछि नेपाल ११ बजेतिर बालुवाटार पुगेका थिए । चार घण्टा लामो ‘लन्चसहितको छलफल’मा ओलीको पहिलो र दोस्रो प्रस्तावलाई सहज लिए । तेस्रो प्रस्तावमा उनी अचम्मित भए । उनको मनमा अनेक प्रश्न खेल्न थाले । कतै प्रधानमन्त्रीले आफूलाई थप अप्ठ्यारोमा पारेर खेलाउन चाहेका त छैनन् ? उनले पहिलो र दोस्रो प्रस्तावमा हार्दिकतापूर्वक छलफल गरे पनि तेस्रो प्रस्तावबारे जवाफ दिएनन् । यत्ति भने,‘तपाईँको प्रस्तावका विषयमा म अलिक सोच्छु र बेलुकीतिरसम्म जवाफ दिउँला ।’
भदौं ५ को सचिवालय बैठकमा चर्काचर्की गरेका ओली–नेपालीबीच त्यसपछि खासै संवाद थिएन । ओलीको प्रस्तावपछि नेपालले आफू निकटस्थ केही नेताहरुसँग संवाद गरे । प्रधानमन्त्रीले भारतसँग कूटनीतिक संवादका लागि विशेष दूत पठाउन खोजेका हुन् भने त्यसको गम्भीरता बुझ्नुपर्ने र सीमा विवादका विषयमा वार्ता गर्न जानुपर्ने निकटस्थ नेताहरुको सुझाव थियो नेता नेपाललाई ।
त्यो दिन त्यतिकै भयो । नेपाल निकटस्थका अनुसार भोलिपल्ट बेलुकी आर्थात् कात्तिक २७ मा उनले बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई भने,‘तापईँको प्रस्तावमा म सकारात्मक छु । तपाईँले आवश्यक ठान्नुभयो, म जान तयार छु । तर यसको पहल कसरी गर्ने ? दस्ताबेजीकरण कसरी गर्ने ? तथ्य जुटाउने र आफूलाई बलियो बनाउने विषयमा के सोच्नुभएको छ ?’ जवाफमा प्रधानमन्त्रीले तपाईँ आफ्नो तयारीमा लाग्दै गर्नुस् भने तर दिनहरु वित्तै गए, चर्चामै चिसियो विशेष दूतको विषय । अन्नपूर्ण पोस्ट्मा यो खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया